नयाँ दिल्ली । हिमाचल प्रदेशको राजधानी शिमलास्थित जुब्बरहट्टी विमानस्थलमा सोमबार बिहान ठुलो दुर्घटना टरेको छ । जानकारी अनुसार दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपत्कालीन ब्रेक लगाएर रोकिएको छ । विमानमा प्राविधिक गडबडीका कारण आपत्कालीन अवतरण गराइएको थियो ।
विमान किन आधा धावनमार्गमा अवतरण गरियो भन्ने बारे जानकारी अझै उपलब्ध छैन । विमानमा भएको प्राविधिक गडबडीको अनुसन्धान भइरहेको छ । शिमला विमानस्थल स्रोतका अनुसार दिल्लीबाट शिमला जाँदै गरेको एलायन्स एयरको उडान नम्बर ९१८२१ का पाइलटले सोमबार बिहान शिमला विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ब्रेकमा प्राविधिक गडबडी भएको जनाएका थिए ।