काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद १ लाख रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।
दाङ, लमही नगरपालिका-५ सनलाईट चोक डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका बासु पौडेलको कोठाबाट करिब ७ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद आइतबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।