काठमाडौं । मोरङ, धनपालथान गाउँपालिका-२ आमाहिबरियाति टोल बस्ने दिलिप साहको भान्सा घरमा गए राति आगलागी हुँदा करिब २ लाख ९१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सल्यान, कुमाख गाउँपालिका-५ झारकाँडा बाहुनखान बस्ने बिष्णु कुमाईको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा नगद, सुन, अन्नपात, काठ, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ७ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पा, रून्टिगढी गाउँपालिका-६ धारापानी बस्ने लाल बहादुर बिकको घर र गोठमा सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, राजबिराज नगरपालिका-१५ मुसहरनिया बस्ने शत्रुधन मण्डलको गोठ र घरमा सोमबार बेलुकी आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भक्तपुर, भक्तपुर नगरपालिका-९ दत्रातय बस्ने सुमनराज गिरी महन्तको घरमा बद्रीनारायण कर्मचार्यले संचालन गरेको पूजा सामाग्री पसलमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, हल्दिबारी गाउँपालिका-२ सुकुम्बासी टोल बस्ने बिष्णु कटेलको घरमा सोमबार राति आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका-२ भप्सिपुर बस्ने द्वारिका हरिजनको घर र गोठमा मंगलबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।