एमसीसी रोक्न ट्रम्पलाई पत्रचार गर्ने

10

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ।

सोमबार एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो।

ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि अमेरिकाले एमसीसी परियोजना अन्तर्गतको सहयोग रोकेको थियो। तर एमसीसीका केही परियोजनालाई निरन्तरता दिने घोषणा गरेपछि नेकपाले विरोध जनाएको हो।

‘हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौं। अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढारिनेछन्। अन्त्यमा, एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने पनि जानकारी गराइन्छ’, सोमबार समितिको तर्फबबाट भरत सीले जारी गरेको विज्ञप्तिमा  जनाइएकाे  छ।

485038217_1640621446825647_6366913052858108361_n-(1)_a1xUUq42ii-1742814985.jpg
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here