काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पुर्ण समर्थन रहेको जनाएका छन् ।
उनले प्रधानमन्त्री ओलीसँगको सम्बन्ध जेलदेखिको भएको बताउँदै सम्बनध अझै झनै राम्रो भएको जनाएका हुन् ।
जाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ किताबको लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् । ‘उहा जेलमेट पनि भएको हो । हाम्रो सम्बन्ध राम्रो हुँदै आयो ।’ देउवाले भने, ‘अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन ।’ उनले ओलीलाई कांग्रेसको तर्फबाट पूर्ण समर्थन रहने पनि बताए । देउवाले भने, ‘कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ ।’