भौतिकमन्त्री दाहाल र जापानी राजदूत तोरुबीच भेटवार्ता

14

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहाल र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।  मंगलबार मन्त्रालयमा उनीहरूबीच भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ।

मन्त्री दाहालले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए। उनले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरे। उनले लगानीको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

आगामी वर्ष २०२६ कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने मन्त्री दाहालले उल्लेख गरे। नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकोमा उनले खुसी व्यक्त गरे। जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here