काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला फुटबलर साम्बालाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेका हुन् । उक्त पुरस्कार प्रधानमन्त्री ओलीको हातबाट साम्बाका बुबाले ग्रहण गरेका हुन् । साम्बा भने व्यावसायिक फुटबलका लागि फ्रान्समा छिन् ।
साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङगाम्प’बाट व्यावसायिक फुटबल खेलिरहेकी छिन् । राष्ट्रिय टिमकी कीर्तिमानी स्ट्राइकर साम्बाले नेपालको जर्सीमा ५८ गोल गरिसकेकी छिन् ।