कुलमान घिसिङलाई हटाउनुका १० वटा कारण बुँदागत रुपमा प्रस्तुत

49

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्यत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुका १० वटा कारण बुँदागत रुपमा प्रस्तुत गर्दै पत्र पठाएको छ । मन्त्रालयले मंगलबार साँझ मात्रै घिसिङलाई हटाउनुका कारणसहितको पत्र पठाएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका काम नगरेकाले हटाइएको पत्रमा उल्लेख छ । मन्त्रिपरिषद्‌ले गत फागुन २१ मा सफाइ पेस गर्ने मौका दिए पनि सन्तोषजनक नदेखिएको र जिम्मेवारी पूरा गर्न नसकेकोले हटाइएको पत्रमा छ ।

पत्रमा घिसिङले समयमै कार्यसम्पादन मूल्यांकन प्रतिवेदन नबुझाएको, भारतको ‘इन्डो नेपाल पावर एक्सचेञ्ज’ कमिटीसँग पूर्वस्वीकृतिबिना सम्झौता गरेको, उद्योगीहरूसँग बक्यौता महसुल नउठाएको लगायत १० वटा कारण उल्लेख गरिएको छ ।

यस्तो छ मन्त्रालयले घिसिङलाई दिएको पत्रः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here