सदन सुरु गर्ने वित्तिकै अवरोध

14

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।

बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन्।

त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए। बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए।

विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले जनाए।

बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको जनाए ।

सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए। स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ।

ऊर्जामन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारत सरकारलाई दिनुपर्ने लगायतका अभिव्यक्ति दिएको बस्नेतले विरोध गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here