समाजवादी मोर्चाको बैठक बस्दै

19

काठमाडाैं । समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ।

मोर्चाको बैठक बुधबार अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

बुधबारको बैठकमा संविधान र गणतन्त्र पक्षधर शक्तिहरूले चैत १५ गते भृकुटीमण्डपमा गर्न लागेको प्रदर्शनको तयारीबारे छलफल हुनेछ।

राजावादी शक्तिहरूले व्यवस्था विरोधी गतिविधि गर्न थालेको भन्दै त्यसको प्रतिवादका लागि मोर्चा घटक माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत पार्टीहरूले चैत १५ गते प्रदर्शन आह्वान गरेका छन्।

त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विपक्षी दलहरूले सदनमा प्रतिवाद गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले बुधबारको संसद बैठक चल्न दिएनन्।

घिसिङ बर्खासीको विरोधमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विरोध जनाएका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीले त सडकमै प्रतिवाद गरिरहेको छ।

समाजवादी मोर्चाको बैठकमा यसबारे पनि छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here