सुनको मूल्यमा सामान्य वृद्धि

18

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।

जसअनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस अघि मंगलबार सुनको मूल्य २ सयले घटेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here