आज सुनको मूल्य बढ्याे

15

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here