महिला एसियन कपको छनोटमा नेपाल समूह ‘एफ’ मा

9

काठमाडाैं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। आज भएको ड्रअनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका छन्।

यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। समूहको छनोट खेल जुन २३ देखि सुरू हुनेछ।

समूहको विजेता मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछ।

छनोटबाट आठ समूहका विजेताले एसियन कपमा स्थान पक्का गर्नेछन्।

१२ टोलीबीच हुने वुमन्स एसियन कपमा चार टोली यसअघि नै छनोट भइसकेका छन्। अस्ट्रेलिया आयोजकको रूपमा छनोट हुँदा अघिल्लो संस्करणको विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो बनेको जापानले स्वत: स्थान पक्का गरेका थिए।

नेपालले आफ्नो समूहमा शीर्ष स्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्न सक्नेछ।

तर फिफा वरीयतामा ५०औं स्थानमा रहेको आयोजक उज्वेकिस्तानको चुनौती पार्न गर्न नेपाललाई कठिन हुनेछ। वरीयतामा नेपाली महिला टोली ९९औं स्थानमा छ। नेपालको समूहका लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्।

486692196_1211101047052644_1936043213692139564_n-1743063270.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here