खानेपानी मन्त्री र जापानका राजदूतबीच भेटवार्ता

12

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए।

मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको जनाउँदै जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे।

उनले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।  जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।’

मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा निकै प्रगाढ रहेको उल्लेख गर्नु हुँदै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर झन् बलियो र मैत्रीपूर्ण बन्दै गएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here