पदयात्राको क्रममा नेपाली पथ प्रदर्शकको मृत्यु

10

गोरखा । मनास्लु क्षेत्रमा पदयात्राको क्रममा एक जना नेपाली पथ प्रदर्शकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

धार्चे गाउँपालिका–३ खोर्लाबेंशीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेपछि उपचारका लागि उनलाई धार्चे जिल्ला आधारभूत अस्पताल लगिएको थियो ।

‘उनी आईएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा आएका रहेछन्,’ डीएसपी इन्द्रप्रसाद सुवेदीले भने ।

टाउकोमा गहिरो चोट लागेका शेर्पाको उपचारको क्रममा बिहीबार बिहान साढे ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here