गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन सुरु

13

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज एकैदिन गणतन्त्रवादी र राजावादी संगठनले प्रदर्शन सुरु गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), एकीकृत (नेकपा समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाले गणतन्त्र तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राजसंस्थाको पक्षमा फरक-फरक स्थानमा प्रदर्शन सुरु गरेका हुन् ।

उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो उपस्थिति देखिएकाे छ । समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ भने राजतन्त्र पक्षले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् ।

दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । प्रदर्शनमा सवारी साधन निधेष गरिएको छ भने काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तस्बिरमा हेनुहोस् गणतन्त्रको पक्षमा भएको प्रदर्शन :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here