जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी

10

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन्।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरे।

उनले सामन्तवादी बन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिए।

नागरिकका सबै चाहनाहरु पूरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ। उनले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गाण्तन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here