काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार तीनकुने क्षेत्रमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत राजसंस्था पक्षधरको आन्दोलन नरोकिने जनाएका छन्। साथै उनले निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका छन्।