तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल

13

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएकाे  छ।

तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो।

प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ। कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको थियो।

प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ।

तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। प्रहरीले  दुर्गा प्रसाई‌ं नेतृत्वकाे आन्दाेलनलाई तीनकुनेमा मात्रै सीमित राख्न खाेजेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here