नेता खनाल समाजवादी मोर्चाको प्रदर्शन सहभागी नहुने

12

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन्।

सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन्।तर र्‍याली र सभालाई आफ्नो समर्थन रहेको उनले जनाए।

र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले घरमै बसीबसी मिडियामार्फत् प्रदर्शन र सभालाई अवलोकन गर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here