प्रदर्शनकारीहरू संयम गुमाउँदा सुरक्षाकर्मी घाइते

14

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र र हिन्दू राष्ट्रको समर्थनमा भएको प्रदर्शन तीनकुने क्षेत्रमा हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले संयम गुमाउँदा प्रहरीले आक्रमण सामना गर्नु परेको छ, जसका कारण केही सुरक्षाकर्मी घाइते भएका छन्।

प्रदर्शनका क्रममा प्रहरीले हतियारसमेत गुमाउनु परेको छ भने केही व्यक्तिका निजी घर जलाइएको छ। स्थिति नियन्त्रण गर्न पुगेको दमकलमाथि समेत ढुंगामुढा गरिँदा सुरक्षाकर्मीलाई थप कठिनाइ भएको छ।

सरकारले प्रदर्शनको सम्भावित जोखिमलाई कम आँक्दा तीनकुने रणभूमि जस्तै बनेको छ। यसबीच, प्रदर्शनअघि प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका थिए, जसले घटनासँग सम्बन्धित विभिन्न कोणहरूबारे बहस सुरु गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here