बौद्ध अध्ययनको थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी सम्पन्न

18

काठमाडौं ।   सुलक्षण कीर्ति क्याम्पस कीर्तिपुर एवं मुक्त फाउण्डेशनको सहकार्यमा लुम्बिनी बौद्ध बिश्वविद्यालय अन्तर्गत सञ्चालिन बौद्ध अध्ययन तथा दिगो विकास विषयको थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी शुक्रबार मंगल बहुमुखी क्याम्पस कीर्तिपुरमा सम्पन्न भएको छ ।

गोष्ठीमा एमए चौथो सेमेष्टरका विद्यार्थीहरुले थेसिस लेखनको लागि ध्यान दिनु पर्ने मुख्य विषयका सम्बन्धमा शिक्षकहरु डा. महेन्द्र साप्कोटा, दामोदर त्रिपाठी लगाएत विषय शिक्षकहरुले जानकारी गराउँनुभएको थियो ।

यसै अवसरमा क्याम्पसले यस बर्षको नयाँ भर्नाको लागि पनि सुचना जारी गरी सकेको हुँदा आगामी चैत्र २४ गते भित्र भर्नाका लािग आवेदन फारम भर्न पनि सम्बन्धित सबैलाई सुचना गरिएको क्याम्पसका प्राध्यापक दामोदर त्रिपाठीले जानकारी दिनु भयो ।

बौद्ध अध्ययन तथा दिगो विकास विषय समाज विज्ञान अन्तर्गत बौद्ध अध्ययन समेतलाई जोडेर तयार गरिएको नयाँ प्रयोग हो । आफ्नो विषयमा यथेष्ट अध्ययन अनुसन्धान गरेका विज्ञहरुबाट यो विषयको अध्यापन भइरहेको छ र लुम्बिनी विश्वविद्यालय अन्तर्गत सुलक्षण क्याम्पसबाट मात्र यो विषयको पठन पाठन भइरहेको हुँदा हामीले यसलाई एक परिक्षणात्मक विषयको रुपमा पनि विकास गरिरहेका छौं, शिक्षक दामोदर त्रिपाठीले भन्नु भयो । यसै सन्दर्भमा यस विषयको महत्वको बारेमा उहाँले थप प्रष्ट पार्दै दिगो विकास बिषयको अध्ययन गर्न चाहने, नीति निर्माण एवं अनुसन्धानका क्षेत्रमा संलग्न भएका वा हुन चाहने र विद्यालय तथा विश्वविद्यालय तहमा अध्यापनमा संलग्न शिक्षक शिक्षिकाहरु समेतले यो विषयको अध्ययन गरेर नयाँ ज्ञान र सिप हासिल गर्ने अवसर प्राप्त गर्ने छन् भन्ने कुरा पनि जानकारी गराउनु भएको थियो । साथै आफ्नो सम्पर्कमा भएका सम्भावित विद्यार्थीहरुलाई यस बारेमा जानकारी दिन र भर्नाका लागि क्याम्पस प्रशासनसँग समन्वय गरी फारम भर्न पनि उहाँले सबैलाई आह्वान गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here