काठमाडौं । शुक्रबार राजावादीहरूको आन्दोलनमा तोडफोड तथा आगजनी गरिएका संरचनाको गृहमन्त्री रमेश लेखकले निरीक्षण गरेका छन्।
शनिवार बिहान तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको गृहमन्त्री लेखकले अनुगमन गरेका हुन्।
राजावादीहरूले प्रदर्शनका क्रममा भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए।
प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्युसमेत भएको थियो। निरीक्षण गर्दै गृहमन्त्री लेखेकले घटना निन्दनीय भएको बताएका छन्।