काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ‘भ्याली डर्बी’को प्रतिस्पर्धामा ललितपुर सिटी र काठमाडौं रेजर्सले २-२ बराबरीमा खेल सकाएका हुन्। निर्धारित ९० मिनेटको समयमा २-१ ले अग्रता बनाइरहेको ललितपुरका लागि थप गरिएको चौथो मिनेटमा डिफेन्डर योगेश गुरुङले डिबक्सभित्र भिन्सेन्ट कोसियालोलाई फाउल गर्दा काठमाडौंले पेनाल्टी पायो।
ललितपुरको लागि खेलको छैंटौं मिनेटमा जनेथोन क्यान्डिलानाले दायाँ तर्फबाट गरेको क्रस कमल श्रेष्ठले क्लियर अवस्थामा उनको खुट्टामा लाग्दै गोल भएको हो। १५ औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै ललितपुर सिटीको अग्रता दोब्बर गरेका हुन्। उनले डिफ्लेक्टमा आएको बललाई गोल गर्दै ललितपुरका लागि २–०को अग्रता बनाएका हुन्।
दोस्रो हाफमा भने काठमाडौं निकै सुधारिएर मैदानमा आयो। जसको फलस्वरूप दोस्रो हाफमा काठमाडौंले २ गोल निकाल्यो। खेलको ६४ औं मिनेटमा बायाँ तर्फबाट जिलस्पी जङ कार्कीको हेडर सेकेन्ड बार हुँदै बाहिरिएको हो।
खेलको। काठमाडौंले खेलको ७४ औँ मिनेटमा अमडौ डिअपले गर्दै काठमाडौंलाई खेलमा फर्काए। खेलको ८४ औँ मिनेटमा जिलेस्पी जंगको पोस्ट अगाडिबाट हानिएको बल पोस्ट माथिबाट बाहिरिएको हो। ललितपुरले दोस्रो खेल चैत्र २० गते पोखरा थन्डर्ससँग खेल्नेछ।
काठमाडौंले दोस्रो खेल झापा एफसीसँग २१ गते खेल्नेछ।