कुलमान र हितेन्द्रदेको रिट हेर्न नमिल्नेमा

55

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ।

आज दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो।

शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।

कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन्। शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै दायर गरेको रिट पनि विचाराधीन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here