राजतन्त्रवादी प्रदर्शन सम्बन्धमा नेवा: राष्ट्रिय परिषदको प्रेस वक्तव्य

41

काठमाडाैं । राजतन्त्रवादीहरुले नेपा: मण्डलको तीनकुनेमा गरेको प्रदर्शन सम्बन्धमा नेवा: राष्ट्रिय परिषद र स्वनिगः विशेष व्यूराे नेवाः राष्ट्रिय वाहिनले संयुक्त रूपमा  प्रेस वक्तव्य निकालेकाे छ ।

शुक्रबार राजतन्त्रवादीहरुले नेपाः मण्डलको तीनकुनेमा गरेको प्रदर्शनीमा नियोजित रुपमा नेवाः राष्ट्रका दुई जना सविन महर्जन र सुरेश रजकलाई वलीको बोको बनाएर हत्या गरेको तथा नेवाः राष्ट्रका प्रेमलाल श्रेष्ठ लगायतका जनताहरूको सम्पति तोडफोड तथा आगजनी गरेको तथा राजतन्त्रवादीहरूले उग्रभड्काउको लागि उपयोग गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
इतिहासमा गोर्खाली सत्ताले तत्कालिन समयको सवै भन्दा वैभव शाली नेपाः मण्डलको राज्यमा पटक पटक लुट तथा आक्रमण गर्ने क्रममा जव पृथ्वीनारायण शाहले छलकपट पूर्ण रुपमा नेपा मण्डलमाथि साम्राज्य विस्तार गरे, यसले स्वनिगःका नेवाः राष्ट्रको राज्यत्व र सार्वभौमिकता समाप्त पार्ने काम भयो । उनिहरुले हाम्रा महान पूर्खाहरू किर्तीलक्ष्मीहरूको हत्या गरे तथा कीर्तिपुरका नेवाः राष्ट्रका जनताहरूको नाककान काटेर नेवाः राष्ट्रको मुटु, हनुमानढोकामा गोर्खाली राज्यको जग बसाले । यसका विरुद्ध नेवाः राष्ट्रका हाम्रा महान पूर्खाहरूले कहिले पनि हार स्वीकार गरेन र कहिले पनि आत्मसमर्पण गरेन बरु आफ्नो अस्तित्व र राज्यत्व जगाई राखे । हामीहरुले गोर्खालीहरूलाई कहिले पनि स्वीकारेनौ र आफ्नो राज्यत्व संरक्षण गरिरहेका छौँ । यस वीचमा हाम्रा अग्रज पुष्पलाल श्रेष्ठ तथा गणेशमान सिंहले कम्युनिष्ट र काँग्रेस भएर गोर्खाली सत्ता विरुद्ध लडे तर अन्तमा अपमान बाहेक केही पनि पाएनन । गोर्खाली सत्ताको विरुद्ध भएको पटक पटकको क्रान्तिमा नेवाः राष्ट्रका जनताहरुले त्याग र बलिदानी दिएता पनि, क्रान्तिपछि हाम्रो आस्था, विश्वास, भूमि र सत्ता समाप्त गर्ने काम निरन्तर हुदै आइ रहेको छ ।

शुक्रबार हिजो हाम्रो सत्ता समाप्त गर्ने त्यही गोर्खाली सत्ताधारीहरू आज फेरी नेवाः राष्ट्रका जनताहरूलाई उग्र भड्काउको नारा मार्फत हाम्रो २७० वर्ष देखी यो सत्तासंग रहेको असहमतीलाई आफ्नो निहित स्वार्थ र वंश परम्परा र नस्लको सत्ता पूर्नप्राप्तीको लागि प्रयोग गर्न खोजिरहेको छ । यसका लागी नेवाः राष्ट्रको भूमिमा नेवाः राष्ट्रका जनताहरु सविन महर्जनलाई गोली हानेर हत्या गर्ने तथा पत्रकार सुरेश रजकलाई ढोका लगाएर आगो लगाइ वलि चढाएका छन् । यो भनेको नेवाः राष्ट्रमाथिको गम्भिर खेलवाड हो जुन हाम्रो लागि सह्य छैन । यसरी हाम्रो भूमिमा हाम्रो वलि चढाएर फेरी गोर्खाली सत्तालाई नै बलियो बनाउने काम नेवाः राष्ट्रका जनताहरूलाई स्वीकार्य छैन । यसरी उग्रभड्काव गरेर नेवाः राष्ट्रका जनताहरूको हत्या गर्ने तथा नेवाःराष्ट्रका जनताको सम्पती नियोजित रुपमा आगजानी तथा तोडफोड गर्ने कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई राज्यले छुट दिने तथा अझ प्रश्रय दिने हो भने, यसका विरुद्ध नेवाः राष्ट्रले सक्त प्रतिकार गर्नेछ जसको जिम्मेवारी स्वयं राज्यले लिनु पर्ने जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here