राजावादी आन्दोलनलाई उत्तेजित बनाउने धर्मगुरु पक्राउ

20

काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने एक जना धर्मगुरु पनि पक्राउ परेका छन् ।

शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here