काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किएका छन् ।
उनी साढे ५ महिनापछि पार्टी कार्यालय फर्किएका हुन् । उनी कार्यालयमा फर्कदा कार्यवाहक सभापति डिपी अर्याल, विराजभक्त श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए ।
सो क्रममा उनले आफूलाई २ तिहाइको सरकारले ज्यूँदो छाड्नु नै आफ्नो जीत भएको बताएका छन् । त्यस्तै उनले शनिबार चितवन पुगेर विशेष सम्बोधन गर्ने बताएका छन् । उनलाई स्वागत गर्न ठूलो संख्यामा पार्टीका नेता कार्याकर्ताहरु पार्टी कार्यालयमा पस्थित भएका थिए ।