लघुवित्त पीडितहरूले गरे प्रदर्शन

8

 

काठमाडौं । सहकारी तथा  लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

विभिन्न सहकारी,  लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन्।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here