काठमाडौं । नेपाली बजारमा सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ। नेपाली बजारमा ग्यालेक्सी एफाइभ६ र एथ्री६ बजारमा उपलब्ध छन्। साथै एटु६ भने अप्रिलको पहिलो साताबाट बजारमा आउने कम्पनीले जनाएको छ।
यी मोडलमार्फत सामसङले पहिलोपटक ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ नामक एआई प्रविधि समावेश गरेको जनाएको छ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार यस प्रविधिले मोबाइल एआई अनुभवलाई सर्वसुलभ बनाउँदै सबै प्रयोगकर्तालाई सिर्जनात्मक, सुरक्षित र सहज डिजिटल अनुभव प्रदान गर्नेछ। कम्पनीले यी फोनमा एडभान्स्ड क्यामेरा सिस्टम, आईपी६७ रेटिङ (धुलो र पानी प्रतिरोधी), गोरिल्ला ग्लास भिक्टस प्लस सुरक्षा, साथै ६ वर्षसम्मको ओएस र सेक्युरिटी अपडेट सुनिश्चित गरेको छ।
ए सिरिजमा वन यूआई ७ द्वारा सञ्चालित छ। कम्पनीका अनुसार स्क्रिनमै ‘सर्कल टु सर्च’, ५० मेगापिक्सेल क्यामेरा, १० बिट एचडीआर फ्रन्ट क्यामेरा र १२ मेगा पिक्सेल अल्ट्रावाइड लेन्स छ। नेपाली बजारमा ए सिरिजको मूल्य ४५ हजार ९९९ देखि ७० हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। साथै, सबकोफोन वा अर्कोस्टोर को माध्यमबाट पुरानो फोन साटेर नयाँ फोन लिने एक्सचेन्ज सुविधा पनि प्रदान गरिएको छ।
सामसङको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई सुलभ मूल्यमा अत्याधुनिक एआई र प्रिमियम मोबाइल अनुभव दिने विश्वास गरिएको छ।