नेप्सेको सीइओ चुडामणि चापागाई

10

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाई बनेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए।

चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो। तर, उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले सीइओमा चापागाई नियुक्त गरेको हो।

अर्थमन्त्रालय स्रोतले भन्यो, ‘चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो। लुइटेललाई सीइओ बनाउने मन्त्रिपरिषद्मा माइन्युट नभएको र धेरै विरोध भएकाले चापागाईलाई सोमबार बसेको मत्रिपरिषद्ले सीइओ नियुक्त गरेको हो। सञ्चार मन्त्रीले निर्णय सार्वजनिक गर्न बाँकी नै छ। तर, चापागाई सीइओ नियुक्त भएका हुन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here