काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।
यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकीबाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने भएका छन् । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने तालिका छ ।