वरिष्ठ नेताको निधनले पार्टी दुखित : सांसद शाही

12

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको जनाएका छन्।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो जनाएका हुन्।

उनले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोशिस रहने बताए। उनले वरिष्ठ नेता दीपक बोहराप्रति श्रदाञ्जली व्यक्त गदै मुलकको विकासको लागि गरेको योगदानलाई आत्मसाथ गर्दै अघि बढ्ने जनाए।

उनले भने, ‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकदमै दुःखको दिन हो । पार्टीका वरिष्ट नेता माननीय दीपक बोहराको निधनले पार्टी र सम्रग नेताहरु दुखित र स्तब्द भएका छौं । नेपाली राजनीतिमा उहाँले गरेको योगदान र उहाँले सिकाएको बाटो पार्टीले अपनाउने छ ।

हाम्रा नेताहरु पनि थुनिएका छन् र हाम्रा वरिष्ठ नेता समेत छोडेर जानु भएको छ । हामी यो दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here