सरकारले ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई सहयोग गर्ने

6

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने जनाएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा साेमबार भएको भेटमा उनले सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने जनाए।

उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको जनाए।

भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here