सवारी दुर्घटनामा चार जनाको मृत्यु

7

काठमाडौं । डडेल्धुरा, अमरगढी नगरपालिका-८ स्थित सडकमा सदरमुकामबाट बैतडीतर्फ जाँदै से.१ ज ७३९ नम्बरको जिपबाट लडेर जिपमा सवार सोही नगरपालिका-८ बस्ने २६ वर्षीया निर्मला भुलको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा नेपालगंजबाट खजुरातर्फ जाँदै गरेको भे.११ प ४२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बैजनाथ गाउँपालिका-६ एच गाँउ बस्ने ४३ वर्षीया चन्द्रकला देवी थापा क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, ईनरूवा नगरपालिका-६ स्थित सडकमा ना.६ ख २९३१ नम्बरको बस को.२५ प ३३७८ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हरिनगर गाउँपालिका-३ बस्ने ४६ वर्षीय महेश कुमार मेहताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते थप उपचारको लागि बि.पि. को.स्वा.प्र.धरान घोपा रिफर भएको, उक्त स्थान अ.प्र.पो.सखुवागाछीबाट २ कि.मि.पूर्व पर्ने ।

हुम्ला, सर्केगाड गाउँपालिका-४ दुल्लीस्थित सडकमा सिमकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ख ३७३४ नम्बरको ट्रकको ठक्करबाट सोही गाउँपालिका-४ बस्ने ७२ वर्षीया नन्दकला थापाको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here