तीनकुने घटनामा दाजु-बहिनीमाथि गोली प्रहार घटनाप्रति चिन्ता व्यक्त

7

काठमाडौं । यहीँ चैत्र १५ गते तीनकुने घटनामा दाजु-बहिनीमाथि गोली प्रहार भएको घटनाप्रति संविधानविद् भिमार्जुन आचार्यले चिन्ता व्यक्त गरेका छन्।

उनले उक्त घटनामा राजावादीभन्दा भिन्न बन्ने होडमा सविन महर्जन र सुरेश रजकको निहत्था ज्यान गएको र सोही क्रममा दाजु-बहिनी: दिनेश र रेविका खत्रीमाथि प्रहरीले गोली चलाएको विषयमा चिन्ता व्यक्त गरेका हुन्।

साथै, उनले मानव अधिकार आयोगको औचित्यबारे प्रश्नसमेत उठाएका छन्। ‘राज्यको आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र जिउँदा मान्छे भन्ने सबै नराम्रोसँग चुक्यौं,’ सामाजिक सञ्जालमा उनी लेख्छन्,’ राष्ट्रिय मानव अधिकार आयोगको त अब रहनु र नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन।’

फेसबुकबाट हटेको उनको स्टाटस।

उनको सो स्टाटस राखेको केही समयमै फेसबुकबाट हटेको छ। उक्त स्टाटस हट्नुमा राज्यको अघोषित सेन्सरसिपको आशंका पनि गरिएको छ। ‘मेरो भर्खरैको स्टाटस् फेसबुमा सिन छैन। लोकतन्त्रको कार्यान्वन सुरू भए जस्तो छ,’ स्टाटस हटेपछि उनले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here