हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण

5
JPG converted with https://ezgif.com/webp-to-jpg

यमन । हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण गरेको छ। राजधानी साना उत्तरी प्रान्त सादाको छेउमा मंगलबार बिहानैदेखि अमेरिकी सेनाले बमबारी गरेको थियो।

मार्च महिनाको मध्यदेखि यमनमा हाउथीलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ। हाउथीमा आबद्ध अल मसिरा टिभीले अमेरिकाले १५ पटक आक्रमण गरेको समाचार प्रकाशित गरेको छ। सादा मैइज र सारमा लक्षित गरेर सो आक्रमण भएको जनाइएको छ।

पछिल्लो आक्रमणबाट मानवीय क्षति भएको समाचार आएको छैन। मार्चको मध्यबाट सुरु भएको यो आक्रमणबाट ६१ जनाको ज्यान गएको जनाइएको छ।

अमेरिकी एयरक्राफ्ट कमान्डले फाइटर विमान उडेको तथा मिसाइल आक्रमण गरेको भिडियो सार्वजनिक गरेको थियो। हाउथीले भने अमेरिकी ड्रोन युएस एम क्यु-९ लाई खसालिएको दाबी गरेको छ। हाउथीका प्रवक्ता याया सारीले व्यवस्थित रूपले बनाइएको ड्रोनले आक्रमण गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here