काठमाडौं । पवित्र महिना रमादान एवं ईद पर्वको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)ले १ सय ६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ ।
यूएई मा बन्दी बनाइएका १६६ जना नेपालीलाई यूएई सरकारले आममाफी दिएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।