एनएसएल सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफर

4

काठमाडाैं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफर सञ्चालनमा ल्याएको छ ।

यी अफर अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवा पाउँछन् । यी दुवै अफर बिहीबार (चैत २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन् ।
एनएसएल डबल डेटा अफर अन्तर्गत, करसहित ३९९ रूपैयाँबाट शुरू हुने सधैं अन रिन्यूअल प्याक ग्राहकले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् । उदाहरणका लागि ७९९ रूपैयाँको मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकले प्याकमा पाइने मुख्य सेवा ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्दछन् ।

यो डबल डेटा बोनस अफर हाल सञ्चालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताका साथै यो अफर अवधिभित्र यी प्याक लिने नयाँ ग्राहकलाई लागू हुनेछ । यो अफर ग्राहकका लागि निकै फाइदाजनक रहेको कम्पनीले जनाएको छ । किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवा क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइने कम्पनीले जनाएको छ ।

हाल एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस र एसएमएस सेवा बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याक प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड युट्युब डेटा र राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् ।

करसहित  ७९९, ९९९, र  १,४९९ रूपैयाँको रिन्यूअल प्याकमा ग्राहकले ३० दिनसम्म मान्य रहने प्रतिदिन एक हजार रूपैयाँका दरले अधिकतम  १० हजारसम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।

अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ ।
यस अफर अन्तर्गत ५० रूपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरूप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् ।

त्यस्तै, १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकले बोनसका रूपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् ।

नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै सञ्चालनमा ल्याइएका यी अफरले ग्राहकलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएको छ ।

एनसेल यस सिजन ३ मा टाइटल स्पोन्सरका रूपमा आवद्ध रहेको छ । ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिमलाई प्रतिबिम्बित गर्दै एनसेलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धताकासाथ देशमा खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्य अनुरूप यो सहकार्य गरेको एनसेलले जनाएको छ ।

null

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here