सडकमा सिठ्ठी बजाएर शिक्षककाे विरोध प्रदर्शन जारी

6

काठमाडौं । गत चैत २० गतेदेखि सुरू भएको शिक्षक अन्दोलन रोकिने छाँट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने जनाए पनि उनीहरू विश्वस्त हुन नसकेका हुन् ।

आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको थियो ।

उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वरसम्म पुगेर सरकारको कानसम्म आफ्ना कुरा पुर्‍याउने कोसिस गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here