काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन आइतबार तोलामा १ हजार ९ सयले घटेको सुन आज ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको छ। आज चाँदी भने बढेको छ।
आज चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार एक तोला चाँदीको मूल्य १८ सय कायम भएको थियो।