माकेको उपाध्यक्षमा नन्दकिशोर पुन पासाङ मनोनीत

6

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् ।

एक स्रोतले जानकारी गराए अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो ।

‘अस्ति चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उहाँलाई उपाध्यक्ष मनोनीत गरिएको हो’,  स्रोतले भने ।

दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुने गरेका थिए ।

उनलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here