कमिशनतन्त्रले राजनीतिप्रति वितृष्णा बढ्ने

8

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, कमिशनतन्त्रले राजनीतिप्रति जनताको वितृष्णा बढ्ने, राजनीतिक कार्यकर्तामाथि वितृष्णा बढ्ने र नेताहरूमाथि वितृष्णा बढ्ने भएकाले यसतर्फ सतर्क हुनुपर्ने जनाएका छन् ।

आज मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। ‘यस्ता कुराहरूमा हामी जनप्रतिनिधिहरु सतर्क हुनुजरुरी छ र हाम्रो दृढ संकल्प चाहिन्छ हामी सुशासन दिन्छौँ, कुशासन होइन् । कुशासनको अन्त्य गर्छौ सुशासन दिन्छौँ त्यसका लागि लोकतन्त्र चाहिन्छ,’ उनले भने।

साथै उनले जनतााई पीरमर्का नपर्ने गरी छिटो र सेवा उपलब्ध गराउने जनाएका छन्। ‘जनतालाई पीर-मार्का दिँदैनौँ, जनतालाई प्रतीक्षा गराउँदैनौँ, लाइनमा धेरै बसाउँदैनौँ, सकेसम्म हामी छिट्टो छरितो सेवा भावका साथ सेवा उपलब्ध गराउँछौँ, उनले अगाडि भने, ‘यसो भयो भने डेमोक्रेसी बजियो हुन्छ । डेमोक्रेसी शब्दमा भन्छौँ तर व्यवहारमा अभ्यास गरिरहेका छैनौँ भने जनताले सबलाई ढाँठ भन्छन् । एक दुई ठाउँमा देखेपछि सबैलाई त्यसै हिसाबले रहेको अनुमान गर्छन् ।’

उनले विकासका लािग सुशासनमा ध्यान दिनुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here