काठमाडौं । २०८१ सालमा नेपाली चलचित्रको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली चलचित्र बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।
नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ भएको छ । यसवर्ष रिलिज भएका कूल ५९ नेपाली चलचित्कोर कूल कमाइ १ अर्ब ८० करोड छ ।
यसैवर्ष नेपाली चलचित्रको कूल टिकट ५७ लाख ३७ हजार वटा बिक्री भएको छ ।
विदेशी चलचित्रको टिकट २६ लाख ९० हजार पुगेको छ । दुबै फिल्मको कूल टिकट ८४ लाख ५७ हजार पुग्छ ।
यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ र दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’को योगदान नेपालको बक्सअफिसमा देख्न सकिन्छ ।