भूमि अधिकार संरक्षण समितिको आह्वानमा खोला मापदण्ड खारेजीको माग

9

काठमाडौं । सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भूमि अधिकार संरक्षण समितिको आह्वानमा उपस्थित भइ विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले ‘जनतालाई उठीबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, झिगु भूमि झिगु अधिकार, जनताको सम्पतीको हक कायम गर, आईएसओ १६९ लागू गर’ जस्ता प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै धोविखोला करिडोर प्रभावित मूल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले मनगढन्ते रुपमा गरेको आरोप लगाए ।

उनले यस समस्या काठमाडौं उपत्यकामा मात्रै देखिए पनि नेपालभर लागू भए करोडौं जनता विस्थापित हुने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here