आशिष पिया चलचित्र ‘समर लभ’बाट अभिनयमा डेब्यु

5

काठमाडौं । ५ वर्षअघि आशिष पियाले सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’बाट अभिनयमा डेब्यु गरे । उनै आशिष अब चलचित्रमा फर्किने तयारीमा छन् ।

उनको शीर्ष भूमिका हुने चलचित्र ‘आमिगोस’को छायांकन भदौदेखि नेपाल र अस्ट्रेलियामा हुनेछ । स्पेनी भाषामा आमिगोसको अर्थ साथीहरू भन्ने हुन्छ । यसको अर्थ, बन्न लागेको चलचित्र मित्रताको कथामा आधारित हुनेछ ।

यो  चलचित्रको पटकथा लेखन र निर्देशन मार्केन्डय दिपविम बस्नेतले गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली लेखन र निर्देशनमा फर्किने तयारीमा छन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।

बस्नेत निर्देशित फिल्म ‘सौर्य’मा चर्चित दिवंगत र्‍याप गायक यमबुद्धले गीत गाएका थिए ।

बीएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने ‘आमिगोस्’लाई लभस्टोरी जनरामा बनाउन लागिएको बुझिएको छ । यो चलचित्रलाई पहिलोपटक विकास आचार्यले निर्माण गर्दैछन् ।

सुरेन्द्र रावल सहनिर्माता रहेको चलचित्रको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ । अहिले २ मुख्य कलाकारको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here