काठमाडाैं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगरपालिका नेपालभाषा स्यनामी दबू येँको कमिटी गठन चैत्र २८ गते बिहिबार सुसम्पन्न भएकाे छ ।
दरवार हाई स्कूल, कमलनक्षीमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगरपालिका समिति नेपालभाषा स्यनामी दबूको भेला बैठकमा समसामयिक विषयहरूमा अन्तरक्रिया र सर्वसम्मत कमिटी गठन भएर समापन भएको थियो।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगर समितिको विभिन्न विभागहरु मध्ये “नेपालभाषा सेनामी दबु येँ” का संयोजक सुमित रञ्जितकारको संयाोजकत्वमा विभागले पुर्णता पाउनुका साथै विविध शैक्षिक तथा पेशागत सवालहरुमा छलफल सम्पन्न भएको थियो।
विभिन्न विद्यालयका शिक्षकहरू उपस्थित भएको बैठकमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महानगर अध्यक्ष गणेश गुरागाईले काठमाडौं महानगरपालिकाको ठूलो बजेट हुँदा पनि आफ्नो कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा लगेको छैन भन्दै अबको आन्दोलन भनेको नेपालभाषा लगायत सबै शिक्षकहरूलाई सामाजिक सुरक्षा कोष बनाउन लबिङ र दबाब श्रृजना भईरहेको बताउनु भयो।
प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला सहसचिव शुसिला अर्यालले हामी संगठित हुन जरूरी छ, संगठित हुँदा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षकहरूको हक अग्रसर गर्न सक्ने कुरा बताउनु भयो।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेपालभाषा स्यनामी दबू महानगर संयोजक सुमित रंजितले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई बराबरीको नजरले हेर्नुपर्नेमा जोड दिनुका साथै आगामी दिनहरूमा नयाँ कमिटीसँग हातमा हात काँधमा काँध जोडेर काम गर्ने र दृष्य अदृश्य रूपमा साथ दिनुहुने सम्पूर्णमा धन्यवाद दिँदै सबैको साथ सहयोगको पनि अपिल गर्नुभयो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महानगर सचिव बाबुराम शर्मा र कोषाध्यक्ष मिरा कँडेलको उपस्थिति रहेको बैठकमा विभिन्न विद्यालयका नेपालभाषा विद्यार्थीहरूको पनि सहभागी रहेको थियो। साथै नेराशिसं भक्तपुर सचिव दिपक प्रसाद न्यौपानेको उपस्थिति थियो।