राजतन्त्रको नाराबाजी गर्ने अमेरिकीलाई डिपोर्ट गरिँदै

8

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरूद्ध चैत १४ गते राप्रपाले माइतीघरमा प्रदर्शन गरेको थियो ।

उक्त प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धानको लागि अध्यागमन विभागमा पठाएको थियो ।

अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरेर अहिले डिपोर्ट गर्ने प्रक्रियामा अघि बढेको निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।

‘अनुसन्धान गरेर गृह मन्त्रालयमा पठाएका थियौं । हिजो गृहबाट पनि जबाफ आएपछि अब प्रक्रिया अघि बढेको छ,’ ढकालले भने । उनका अनुसार ब्लिसलाई अब दुई वर्ष नेपाल आउन प्रतिबन्ध गरिएको छ । उनी भिजिट भिसामा नेपाल आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here