बुधबार नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँ बराबरको कारोबार भएको हो ।
कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार ८२६ बराबरको शेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ ।