घट्याे सुनकाे भाउ

14

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here